मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १७ शुक्रबार ०७:२८:००
Read Time : < 1 मिनेट
खेलकुद

राष्ट्रिय करातेमा  प्रदेश १ को वर्चस्व

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०७:२८:००

सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा बिहिबार सम्पन्न दोस्रो उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश १ का खेलाडीले बर्चश्व कायम गरेका छन् । प्रतियोगितामा कुल सात स्वर्ण पदक जित्दै प्रदेश १ पहिलो भएको हो । 

प्रतियोगितामा पाँच स्वर्ण पदक जितेको प्रदेश ३ दोस्रो र तीन स्वर्ण पदक जितेको आयोजक टोली तेस्रो भयो । प्रतियोगितामा खोटाङकी डोना राई महिलातर्फ र पुरुषतर्फ आयोजकका स्वतन्त्र मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए ।

विजेता खेलाडीलाई प्रदेश सभा सदस्य रामकुमार यादवले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम भएको प्रदेश १ ले ५० हजार, दोस्रो भएको प्रदेश ३ ले ३० हजार र तेस्रो भएको आयोजक टोलीले २० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा सात प्रदेश, आयोजक, आमन्त्रित खोटाङ र काठमाडौं गरी १० टोलीको सहभागीता रहेको थियो ।