मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज १६ बिहीबार २१:०६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

दसैँमा घर फर्किदै... (कलंकीकाे दृष्यहरू)

Read Time : < 1 मिनेट
२०७६ असोज १६ बिहीबार २१:०६:००

दसैँ नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्किने बढ्दाे छ । दसैँ मान्न काठमाडाैंबाट २५ लाख जना बाहिरिने ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको अनुमान छ । एक हप्तामा १२ लाख बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाबाट बाहिरिने मुख्य चार नाका छन् । थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो, जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिन्छन् । त्यस्तै, बल्खु–चोभार नाका हुँदै १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै पाँच प्रतिशत यात्रु बाहिरिन्छन् ।

टिकट काउन्टरमा धेरै मानिसले १६, १७ र १८ असोजको टिकट काटिरहेका छन् । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनमा दैनिक चार लाखसम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीको अनुमान छ ।