मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १६ बिहीबार १६:३३:००
Read Time : < 1 मिनेट
समाचार

४१ हजार नगदसहित चार जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज १६ बिहीबार १६:३३:००

जुवातास खेलीरहेको अवस्थामा प्रहरीले पोखराबाट चार जनालाई रंगेहात प्रक्राउ गरेको छ । 

पोखरा महानगरपालिका ३१ लामास्वाँरास्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४१ हजार पाँच सय ३५ रुपैयाँ नगद र ४ बुक ताससहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा पोखरा ३१ लामास्वाँराका २६ वर्षीय सुमन रानामगर, ३१ वर्षीय बिकाश नेपाली, २४ वर्षीय संगम रानामगर र ४६ वर्षीय कोहरी थापामगर रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लिएर प्रहरीले अनुसन्धान थालिएसको तथा कारबाहीको प्रक्रिया अपघ बढाएको जनाएको छ ।