मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १६ बिहीबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ

केएल मोबाइल हब अब नयाँ व्यवस्थापनमा 

Read Time : < 1 मिनेट
२०७६ असोज १६ बिहीबार ०६:०७:००

चुच्चेपाटीस्थित केएल टावरमा रहेको केएल मोबाइल हबको व्यवस्थापन  नयाँ लगानीकर्ताले सम्हालेका छन् । नयाँ व्ययवस्थापनसँगै अब मोबाइल हब केएल मोबाइल डिजी डिजिटलका रूपमा सेवा सुरु गरेको छ । नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्य तथा चाडपर्वलाई लक्षित गरी डिजी डिजिटलले बाई वान गेट वान फ्री अफर सञ्चालन गरेको छ । साथै, मोबाइल डिजी डिजिटलले दसैँतिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरी ‘दसैँको बहार हरेक दिन उपहार’ योजनासमेत सञ्चान गरेको छ । 

योजनाअन्तर्गत केएल टावरमा सपिङ गर्ने तथा केएल मोबाइल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्न सक्नेछन् । योजनाअन्तर्गत बम्पर उपहारमा एकजनालाई यामाहाको एफजेड एसएफआई भिथ्री मोटरसाइकल  तथा एकजनालाई यामाहाकै रे जेडआर स्कुटर प्रदान गरिनेछ भने एकजनाले ४ रात ५ दिनको बैंकक भ्रमण प्याकेजसमेत पाउनेछन् । 

यसैगरी, केएल मोबाइल डिजी डिजिटलमा टिभी, फ्रिज, एसी, मोबाइल, होम अप्लायन्समा ५० प्रतशितसम्म छुटको व्यववस्थासमेत रहेको छ । साथै, सम्पूर्ण इलेक्ट्रोनिक सामानमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधासमेत उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रबन्ध निर्देशक बालकुमार धिमालले जानकारी दिए । यस्तै, हरेक स्मार्ट मोबाइलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारसमेत पाउन सकिने बताइएको छ ।