१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:३३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मासु कसले कति खाने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:३३:००
  • डा. डिबी सुनुवार
    होलिस्टिक अभियन्ता
     सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ । मानसिक काम गर्नेका हकमा सकेसम्म मासु नखाएकै राम्रो ।
  •  भौतिकवादीले  मासु खाने र तथा आध्यात्मिक व्यक्तिले  नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ । उनीहरू शारीरिक परिश्रममा विश्वास गर्छन् । आध्यात्मवादीले मासु खान प्रोत्साहित गर्दैनन्, किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक कार्य बढी हुन्छ र शारीरिक परिश्रम कम, त्यसैले उनीहरूलाई मासु पच्दैन । उनीहरू शाहाकारी भोजनलाई बढी प्राथमिकता दिन्छन् ।
  •  विशेषगरी दीर्घरोगीले मासु नखानु नै राम्रो हो । दीर्घरोगीलाई मासु पचाउन मुस्किल पर्छ । मासुमा हुने तत्वले ओषधोपचारमा समेत बाधा पुग्न सक्छ । त्यसैले सामान्यतः चिकित्सकले दीर्घरोगीलाई माछा–मासु नखान सल्लाह दिन्छन् ।
  •  सरुवा रोग भएको अवस्थामा पनि माछा–मासु नखाएकै राम्रो । त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असरसमेत गर्न सक्छ । बेलुकीभन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछा–मासु खानु उपयुक्त हुन्छ । खानासँग भन्दा पनि खाजासँग खानु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन मुस्किल पर्छ ।
  •  बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि–विकासका लागि माछा–मासुको आवश्यकता पर्छ । बालबालिकाले खान सक्ने भएपछि आवश्यकताअनुसार माछा–मासु खुवाउन सकिन्छ । 
  •  वृद्ध–वृद्धाले माछा–मासु नखाएकै राम्रो । माछा–मासु पचाउन कठिन हुनुका साथै यसले विभिन्न असर पनि गर्न सक्छ । वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ ।

पोषणका लागि उपयुक्त
मासुमा विशेष गरी बोसो (फ्याट), प्रोटिन, मिनिरल्स, खनिज तथा लवणजस्ता तत्व हुन्छन् । यसमा शरीरलाई आवश्यक प्रायः सबै किसिमका पोषण तत्व हुन्छन् । त्यसैले मासु मात्रै खाँदा पनि अघाउन सकिन्छ ।

एक दिन खाएको मासुले ३–४ दिनसम्म शरीरलाई आवश्यक पोषकतत्व दिन सक्छ । मासुमा रहेको फ्याट तथा प्रोटिनजस्ता तत्वले शरीरको हार्मोनलाई उत्तेजित बनाउँछ । मासुले शरीरको मांसपेशीलाई बलियो बनाउने भएकाले युद्धमा जाने सिपाहीले मासु खाने प्रचलन अझै कायम छ ।

कसरी पकाउने मासु ?
सामान्यतः प्राकृतिक रूपमा मासु पोलेर खाने चलन छ, तर पोलेरभन्दा उसिनेर खानु राम्रो मानिन्छ । पोलेको मासुले क्यान्सर गराउन सक्ने जोखिम हुन्छ । उसिनेको मासुमा भएको बोसो पग्लने र तेललगायत मसलासमेत कम हुने हुँदा शारीरिक रूपमा फाइदाजनक देखिन्छ । राम्रोसँग नपाकेको मासु स्वास्थ्यका लागि राम्रो होइन । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न सक्छ ।