१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ असोज १५ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

सकियो प्रदेश सभाको वर्षे अधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ असोज १५ बुधबार ११:४८:००

गण्डकी प्रदेश सभाको वर्षे अर्थात् बजेट अधिवेशन मंगलबार सकिएको छ । ९ असोजको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख बाबुराम कुँवरले अधिवेशन अन्त्यको निर्णय गरेका हुन् । 

१५ जेठमा सुरु भएको बजेट अधिवेशनको ३४ दिनमा ४० वटा बैठक बसेको थियो । बैठकले यो अवधिमा ६ विधेयक पारित गरेको छ । विशेषगरी, वर्षे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई कानुन तथा नीतिनियम बनाउने अधिवेशनका रूपमा लिइन्छ । प्रदेश सभाको यो चौथो बैठक हो ।

यसअघि दुईवटा हिँउदे र एक वर्षे अधिवेशन सम्पन्न भएका छन् । चारवटा अधिवेशनले गरी ३० वटा विधेयक पारित गरेका छन् ।