मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका रसुवा
२०७६ असोज १५ बुधबार ०६:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रसुवा
२०७६ असोज १५ बुधबार ०६:२४:००

रसुवामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरूको सहजताका लागि सदरमुकाम धुन्चेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय रसुवाका अर्जुन न्यौपानले बताए । 

‘चाडपर्वका वेला यात्रु ठगिने, लुटपाट हुने र चोरीलगायत क्रियाकलाप बढ्ने भएकाले त्यसको रोकथामका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो,’ उनले भने । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए । 

 सुरक्षित यात्रा कार्यक्रम शुभारम्भ
रसुवामा सुरक्षित यात्रा कार्यक्रम शुभारम्भ गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले आइतबार कार्यक्रम उद्घाटन गरिन् । भट्टराईले चालकलाई शुभकामनासहित खादा र टीका लगाई कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

आइतबार बिहानैबाट चालक तथा सहचालकलाई टीका लगाई सुरक्षित यात्राको शुभकामना दिन सुरु गरिएको छ । त्यसैगरी, सुरक्षित यात्राका लागि जनचेतनामूलक पर्चा वितरणसमेत सुरु गरिएको छ । कार्यक्रमलाई छठ पर्वसम्म निरन्तरता दिइने बताइएको छ ।