Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी काठमाडाैं
२०७६ असोज १४ मंगलबार १४:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग

'दबंग ३' को नयाँ प्रोमो सार्वजनिक, सलमान खानले खुलाए आफूले प्रचार नगर्नुका कारण

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ असोज १४ मंगलबार १४:३६:००

सलमान खानको बहुप्रतीक्षित फिल्म दबंग ३ को नयाँ प्रोमो रिलीज भएको छ ।  अभिनेता आफैंले आफ्नो सोसल मिडिया ह्यान्डलमा यसलाई शेयर गरेका छन्, जुन धेरै चाखलाग्दो छ ।

यस प्रोमोमा सलमानको भ्वाइसओभर छ, जसमा उनी भन्छन, ‘जब सम्पूर्ण भारतको इमोशन चुलबुल पाण्डेसँग सम्बन्धित छ, तब सलमान खानले किन गर्ने दबंगको प्रमोसन?'

यसको मतलब यो हो कि फिल्म रिलीज नभएसम्म सलमान खान चुलबुल पाण्डेको अवतारमा देखा पर्नेछन् । जुन उनले आफ्नो ट्विटर अकाण्टबाट नै सुरु गरेका छन् । उनले आफ्नो ह्यन्डलका साथै प्रोमोको लिंकमा आफ्नो चुलबुल पाण्डे भएको उल्लेख गरेका छन् । 

’दबंग ३’ लाई प्रभुदेवाले निर्देशन गरेका छन् । सलमान बाहेक सोनाक्षी सिन्हा र अरबाज खान पनि यस फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

यस फिल्मबाट अभिनेता महेश मांजरेकरकी छोरी साई पनि बलिउडमा डव्यू गर्न लागिरहेकी छन् । रिपोर्टका अनुसार उनी यस फिल्ममा सलमान खानको चरित्र चुलबुल पाण्डेको प्रेमिकाको रूपमा देखा पर्नेछन् । फिल्म २० डिसेम्बरमा प्रदर्शन हुनेछ ।