Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सरुभक्त
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार ०७:२१:००
Read Time : > 1 मिनेट
सप्तरंग

प्रतिगन्धमा बिदेसिएका युवाको कथा

साहित्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १४ मंगलबार ०७:२१:००

‘पागल बस्ती’, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ उपन्यासका लेखक हुन्, सरुभक्त । डेढ दशकपछि उनको नयाँ उपन्यास ‘प्रतिगन्ध’ बजारमा आएको छ । नयाँ कृतिको विषयवस्तु र साहित्यमा आएको नयाँ पुस्ताको सेरोफेरोमा रहेर नयाँ पत्रिकाले उनीसँग गरेको संवाद :

०६० सालयता मेरो उपन्यास आएको थिएन । लामो समयपछि ‘प्रतिगन्ध’ प्रकाशनमा ल्याउँदा पहिलो उपन्यास आउँदाजस्तै उत्साहित छु । हरेक कृतिका लागि लेखक नयाँ नै हुन्छ । यसबीचमा कविता र नाटकमा व्यस्त भएँ । केही नाटक मञ्चन भए । यस्तै, नेपाल संगीत नाट्य प्रतिष्ठानको कुलपतिका रूपमा चार वर्ष व्यस्त रहेँ । तर, साँझ–बिहान समय दिएर चार वर्षमा ‘प्रतिगन्ध’ लेखिसकेँ, जसलाई डेढ वर्षअघि प्रकाशकको जिम्मा लगाएको थिएँ ।

रोजगारीको खोजीमा युवा बिदेसिनु जति सामान्य हुँदै गयो, त्यसका कारण सिर्जित समस्या त्यति नै विकराल बनेको छ । आफ्ना सपना, इच्छा र बाध्यताले बिदेसिएका युवापुस्ताले गरिरहेको संघर्ष निकै पीडादायक छ । डायस्पोरामा जाने नेपालीहरूको कथा हो, प्रतिगन्ध । यसमा नेपालदेखि अमेरिकासम्मको परिवेश समेटिएको छ । बिदेसिनुको पीडा, युवाले प्रवासमा भोगेका र स्वदेशमा उनीहरूका सन्तानले बेहोरेका दुःखको कथा समेटिएको छ, यसमा । त्यसैले यो युवाको आशा र निराशाको कथा पनि हो ।

मेरो अनुभव र बुझाइमा विदेशी फिल्म निर्मातालाई नेपालीले कस्तो काम गर्छन् भन्ने जिज्ञासा छ

मेरा धेरै समकालीन साथीहरू अझै पनि लेखनमा सक्रिय छन् । ०६० देखि ०७६ सालसम्ममा धेरै नयाँ उपन्यासकार पनि आएका छन् । पाठकको संख्या पनि उत्तिकै बढेको छ । नयाँ लेखकहरू प्रतिभावान् छन् । तर, उपन्यासको कसैसँग प्रतिस्पर्धा हुँदैन । मेरो प्रतिस्पर्धा आफैँसँग हो । समय र परिस्थिति बदलिएको छ ।

पाठक निकै चलाख र अध्ययनशील छन् । मैले कविता आन्दोलनदेखि नाटकसम्ममा नयाँ पुस्तासँग सहकार्य गरेको छु । उनीहरूसँग काम गर्दा ऊर्जा मिल्छ । नयाँ पुस्तासँग काँधमा काँध मिलाएर उनीहरूको सोच र प्रतिभालाई बुझी सहकार्य गर्ने इच्छा छ । उनीहरूको प्रतिभा र भावना आदानप्रदान गरेर हिँड्न पाऊँ ।