Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १८:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका दुई खेलाडिलाई रजत पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १८:०१:००

फिलिपिन्सको सिबुस्थित लापु सहरको होप्स डोम खेलमैदानमा आइतबार भएको डो गोजुकाई कराते एसिफिक प्रतियोगितामा नेपालले रजत पदक हासिल गरेको छ ।

प्रतियोगितामा १३ वर्ष मुनिको उमेर समुहमा अनुरती कार्कीले रजत पदक हासिल गरेकी छिन् । यस अघि सेप्टेम्बर २७ मा भएको खेलमा नेपालका सन्जय तामाङले समेत रजत पदक हासिल गरेका थिए।

विभिन्न २४ देशको सहभागिता रहेको खेलमा नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेका तामाङ हङकङसँग भिडेका थिए भने कार्की फिलिपिन्ससँग भिडेकी थिइन् ।