Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १०:३३:००
Read Time : < 1 मिनेट
प्रवास

राप्रपाले दिल्लीमा बनायो प्रवास समिती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १३ सोमबार १०:३३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारत अन्तर्गत आज दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ। राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले हिक्मत चन्दको अध्यक्षतामा समिती बनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक महामन्त्री बर्तौलाले मुलुकले गुमाएको गौरवशाली इतिहासलाई फर्काउने अभियानमा जुट्न प्रवासमा रहेका नेपालीहरुको महत्त्वपूर्ण भुमिका हुने बिचार व्यक्त गरे । 

नेपालको राजनीतिमा स्पष्ट विचार र अलग पहिचानका साथ क्रियाशिल राप्रपालाई स्थापित गर्न उच्च मनोबलका साथ पार्टी अगाडि बढीरहेको चर्चा गर्दै बर्तौलाले मुलुकमा भररहेको बेतिथी, विसंगति, बेरोजगारी र भ्रष्टाचारको विषयमा सबैको खबरदारी हुनु पर्नेमा जोड दिए । 

गरिबी र अशिक्षाको फाइदा उठाउदै गाउँको गाउँ धर्म परिवर्तन गरिएकोमा तिब्र असन्तुष्टी व्यक्त गर्दै उनले सरकार धार्मिक द्वन्द गराउने तर्फ उन्मुख भएको र राज्य सर्वसत्ताबादको बाटो तर्फ गएकोमा रोष प्रकट गरे ।
 
कार्यक्रममा बोल्दै   राप्रपा केन्द्रिय सदस्य एवं प्रवास विभाग प्रमुख बिजय खड्काले प्रवासी नेपालीहरुलाई राप्रपाको झन्डा मुनि गोलबद्ध गराउदै संगठनलाई तिब्रता दिने प्रतिबद्धता ब्यक्त गरे । उनले चाडैं  नै भारतका प्रमुख शहरहरुमा समिति गठन गरि सम्मेलन गरिने समेत जानकारी दिए ।

कार्यक्रममा हिन्दु एकता मंच नेपालका संयोजक गणेश रिमाल, हिन्दुबादी नेताहरु महेन्द्र केसी, केबि थापा, राप्रपा बैतडी अध्यक्ष  प्रेम बहादुर चन्द ,आचार्य सुजन पराजुली   लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाबाट अध्यक्ष हिक्मत चन्द, उपाध्यक्षद्वय प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिव गोकर्ण ओलि, प्रवक्ता सिबि क्षेत्री , कोषाध्यक्ष शुभ दाहाल चुनिएका छन् ।