१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०७:२९:००
Read Time : < 1 मिनेट
समाचार

आयल निगम प्रमुखमा पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०७:२९:००

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि पौडेललाई नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी उदयपुर सिमेन्टको महाप्रबन्धकबाट पुसमा अवकाश पाउँदै थिए । उनले उदयपुर सिमेन्टमा रहँदा संस्थालाई नाफामा लगेका छन् । उद्योगलाई अहिले पूर्ण क्षमतामा सञ्चालन गरेर बजारसमेत बढाएको श्रेय उनलाई दिइन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वको छनोट समितिले शुक्रबार पौडेलसँगै अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीनमध्येबाट पौडेलको नाम छनोट गरेको हो ।