१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १२ आइतबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार

भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर अभाव : पोस्टमार्टमका लागि शव  काठमाडौं पठाउन थालियो 

Read Time : < 1 मिनेट
२०७६ असोज १२ आइतबार ०८:०९:००

भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा जटिल प्रकारको पोस्टमार्टममा समस्या परेको छ । मेडिकल अफिसरको भरमा पोस्टमार्टम हुँदै आएको छ । दैनिक औसत पाँचवटासम्म पोस्टमार्टम हुने गरेकोमा अस्पतालमा केही वर्षदेखि चितवन मेडिकल कलेजका प्रो.डा. तेजप्रसाद चटौतले भरतपुर अस्पतालमा गई दैनिकजसो शव पोस्टमार्टम गर्ने गरेका थिए । तर, अस्पतालले पोस्टमार्टम गरेबापतको सेवासुविधा नदिएपछि विगत तीन महिनादेखि उनी आएका छैनन् । पोस्टमार्टममा सहभागी हुने कर्मचारी देवानन्द राईले पनि तीन महिनादेखि विनातलब काम गरिरहेका छन् । 

आपराधिक घटनासँग सम्बन्धित पोस्टमार्टम भरतपुर अस्पतालमा हुन छाडेको छ । मेडिकल अफिसरले सामान्य प्रकृतिका मात्रै पोस्टमार्टम गर्ने गरेका छन् । कुटपिटबाट मृत्यु, हत्या, शंकास्पद मृत्युजस्ता घटनाका शव अहिले पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लैजाने गरिएको छ ।  

दरबन्दी छ, डाक्टर छैनन्
६ सय शय्या रहेको भरतपुर अस्पतालमा फरेन्सिक डाक्टरको दरबन्दी हुँदा पनि पोस्टमार्टम परीक्षणका लागि विशेषज्ञ डाक्टर छैनन् । फरेन्सिक विशेषज्ञ डाक्टर नहुँदा अहिले निजी मेडिकल कलेजबाट विशेषज्ञ डाक्टर नियुक्ति गरी भरतपुर अस्पतालमा केही समय शव पोस्टमार्टम गरिँदै आएको थियो । 

सरकारी डाक्टर नहुँदा निजी मेडिकल कलेजमा कार्यरत डाक्टरले शव परीक्षणको काम गरिरहेकोमा सेवासुविधा नपाएपछि उनले समेत काम छाडिदिएका छन् । समयमै पोस्टमार्टम नभएको भनी गुनासो आउने गरेको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए ।