१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ११ शनिबार १४:१२:००
Read Time : > 1 मिनेट
समाचार

तीन वडाध्यक्षसहित ९ अभियुक्त्तलाई पक्राउ पूर्जी 

Read Time : > 1 मिनेट
२०७६ असोज ११ शनिबार १४:१२:००

कर्तव्य ज्यान मुद्दामा फरार भएका तीन वडाध्यक्षसहित ९ जनालाई मोरङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । 

विवाहको छलफलमा कुटपिटबाट घाइते भएका विराटनगर महानगर १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा फरार रहेका विराटनगरका दुई र मोरङको जहदा गाउँपालिकाका एक वडाध्यक्षसहित ९ जना अभियुक्त्तलाई मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

अदालतका श्रेष्तेदार ईश्वरमणी ओझाका अनुसार फरार रहेक अभियुक्त्तहरु २१ दिनभित्र अदालतमा हाजिर नभएमा अदालते पुनः अर्को पक्राउ पुर्जी जारी गर्नेछ ।   

पक्राउ पूर्जी जारी भएका अभियुक्त्तहरु 
मोरङ अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासबाट बिहीबार २१ दिने पक्राउ पुर्जी जारी भएका अभियुक्त्तहरुमा विराटनगर १४ का अध्यक्ष ६५ वर्षीय वलदेव यादव, वार्ड नं १८ का अध्यक्ष ३५ वर्षीय सञ्जय शाह र जहदा गाउँपालिका वार्ड १ नम्बर वडाध्यक्ष प्रदिप चन्द यादव छन् । यसैगरि फरार रहेका अन्य अभियुक्त्तहरु अध्यक्ष वलदेवका छोरा विराटनगर १४ का ३० वर्षीय रविन यादव सहित सोही वडाका ५५ वर्षीय बिन्देश्वर यादव, विजय भनिने ३२ वर्षीय शम्भू यादव, विराटनगर १८ का ५० वर्षीय भोला यादव, ५५ वर्षीय विन्देश्वर यादव, जहदा गाउँपालिका १ का  ४२ वर्षीय दिनेश यादव छन् । प्रहरीका अनुसार उनीहरु फारार भएर भारतमा लुकेर बसेकोले पक्राउ पर्न नसकेका हुन् । 

एक जना आफै प्रहरीमा हाजिर 
मोरङ प्रहरीले शमानन्द यादवको हत्या अभियोगमा मुलुकी अपराध संहिताको दफा ५७ अनुसार जधन्य र गम्भीर अपराधमा सरकारी वकिल कार्यालय मार्फत १० जना प्रतिबादी बनाएर कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराएको थियो । अभियुक्त्त मध्ये २७ वर्षीय दिपेश यादव प्रहरीमा आफैँ हाजिर भएका थिए ।  

घटना ढाकछोप गर्दै थिए वडा अध्यक्ष 
छलफलमा सहभागी वडाध्यक्षहरुले शमानन्दलाई कसैले पनि कुटपिट नगरेको उनी आफै बिरामी भएकोले लडेर घाइते भएको बताउँदै घटना ढाकछोप गर्दै आएका थिए । तर शमानन्दका छोरा राजेशले रडले प्रहार गर्दा बाबुको गर्धनको हाड भाँचिएको र उपचार हुन नसकी उनको मृत्यू भएको आरोपमा १० जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।   

बिहे अस्वीकार गर्दा भएको आक्रमणले शमानन्दको मृत्यु
छोरा राजेशका अनुसार उनको बिहे जहदागाउँपालिका १ नम्बर वडा अध्यक्ष प्रदिपचन्द यादवका आफन्तकी छोरीसँग गर्ने बाबु समानन्दले मौखिक सहमती जनाएका थिए । तर छोरा राजेशले केटी मन नपरेको भन्दै विवाह अस्वीकार गरे । त्यसपछि प्रदिपका नातेदार रहेका बिराटनगर महानगर १४ नम्बर वडा अध्यक्षबलदेव यादव र १८ नम्बर अध्क्ष्यक्ष सञ्जय शाहसहितको रोहबरमा ३२ जेठमा छलफल बस्यो । वडाध्यक्ष वलदेव  यादकै घरमाभएको छलफलमा शमानन्दले छोराको कुरा आफुले काट्न नसक्ने भनेपछि उनीमाथि केटी पक्षले आक्रमण गरेको थियो ।