१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १० शुक्रबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार

भारततर्फ १३ किलाे चाँदी लैजाँदै गर्दा एक जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज १० शुक्रबार १७:३४:००

धनुषाका सशस्त्र प्रहरीले १८ किलो अवैद्य चाँदीसहित एक जनालाई पक्राउ गरेकाे छ । नेपालबाट भारततर्फ चाँदी तस्करी गर्ने तयार गरेकाे अवस्थामा प्रहरीले महोत्तरीका पिपरा गाउँपालिका-५ सहरबा बस्ने वर्ष ३० का भरत कुमार साहलाई पक्राउ गरेकाे हाे ।

ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गर्दा जाँच गर्ने क्रममा ५ वटा प्लास्टिकको पोकामा राखिएको अवस्थामा चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । बरामद गरिएको चाँदीको मूल्य १३ लाख ५० हजार रुपैयाँ बराबर रहेको उनले बताए ।