मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १० शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

पर्यटन दिवसको अवसरमा त्रिपुरासुन्दरी सरसफाई

Read Time : < 1 मिनेट
२०७६ असोज १० शुक्रबार १४:१६:००

डोल्पामा विश्व पर्यटन दिवस विविध कार्यक्रमका गरी मनाइएको छ । पर्यटन दिवसको अवसरमा डोल्पाकै प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

नेपाल युवा परिषद् डोल्पा शाखाको आयोजनामा गरिएको कार्यक्रममा खौला हुँदै रातो ढोका, टाँकेभिर र मन्दिर आसपासको क्षेत्रमा सरसफाई गरिएको हो ।

जिल्लाका सम्पुर्ण धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए । 

त्रिपुरासुन्दरी मन्दिरले प्रचुर धार्मिक पर्यटनको सम्भावना बोकेकाले सधै स्वच्छ र सफा राख्न सन्देश प्रवाहगर्न मन्दिर परिसरमा सरसफाइ कार्यक्रम राखिएको नेपाल युवा परिषद् डोल्पा शाखाका अध्यक्ष बिर्खबहादुर रोकायले बताए । 

कार्यक्रममा कर्णाली प्रदेश सभा सांसद बद्मीकुमारी बुढा, नगरप्रमुख ओमबहादुर बुढा, उपप्रमुख चन्द्रा कुमारी बुढा, वडाका अध्यक्षहरु, नेपाल युवा परिषद्का प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।