१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार ११:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो ट्राफिक नियम ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार ११:५९:००

सहरी तथा यातायात ऐन २०४९ को दफा १६४ अनुसार कुनै ठाउँबाट अर्को निश्चित ठाउँसम्म पुग्ने चलायमान चिजलाई ट्राफिक भनिन्छ । यसभित्र पैदलयात्रु, सवारीचालक वा सवारीसाधन पर्छन् । सडक दुर्घटनाको जोखिमबाट बच्न बनाइएको रुल नै ट्राफिक नियम हो । 

यसको उल्लंघन कसरी ?
अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नहुने रहेको छ । सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै मानिसले जानेर÷नजानेर ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कार्य गर्छन् । शिक्षित मानिसले नै बढी नियम उल्लंघन गरेको समेत पाइन्छ । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि खतरा हो भन्ने बुझ्दैनन् ।

यी नियम पालना गरौँ
 सडकमा राखिएका मार्किङ (ट्राफिक चिह्न)को सही पालना गर्ने । 
 सडक लेनको पालना गर्ने (सडकमा हुने ५० प्रतिशत दुर्घटना लेन मिचेका कारण हुने गर्छन्) । 
 तोकिएको निश्चित गतिमा सवारी हाँक्ने । व्यस्त सडकमा गति सीमित गर्ने । जथाभावी हर्नको 
प्रयोग नगर्ने । 
 पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने । सवारीको क्षमताभन्दा बढी यात्रु नबोक्ने । 
 सवारी चलाउँदा हेल्मेट वा फित्ताको प्रयोग गर्ने । सवारीचालक अनुमतिपत्र नलिई सवारी नचलाउने (विदेशमा दर्ता भएको सवारीसमेत) । 
 सवारीसाधन अनिवार्य दर्ता गर्ने गरौँ । सार्वजनिक सवारीको हकमा सडक इजाजतपत्र लिएर मात्र सार्वजनिक ठाउँमा चलाउने । 
 खतरापूर्ण मालसमान ओसारपसार नगर्ने । तोकिएको ढाँचाअनुसार भाडा कायम गर्ने । सडकमा लापरबाही नगर्ने ।
 मादक पदार्थ सेवन गरेर गाडी नहाँक्ने ।