१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ९ बिहीबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङ र गोरखामा भूकम्पको धक्का 

Read Time : < 1 मिनेट
२०७६ असोज ९ बिहीबार २०:१४:००

लमजुङ र गाेरखामा भूकम्पकाे धक्का महसुस भएको छ । दुवै जिल्लाकाे सीमानामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अध्ययन केन्द्रले जनाएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ मिनेट जाँदा गोरखाको खरिबोटबाट ५ किलोमिटर उत्तर चेपे नदी आसपास केन्द्रबिन्दु रहने गरी ४.७ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको हाे । केन्द्रले आफ्नो वेभसाइटमा राखेको म्याप डाटाअनुसार लमजुङको दूधपोखरी गाउँपालिका-१ दूधपाेखरी नजिकै केन्द्रबिन्दु देखाएको छ । गाउँपालिकाका प्रमुख छुपीमाया गुरुङले निकै हल्लाएको र क्षति भने केही नभएको बताइन । 

भूकम्पले तनहुँ, कास्की, मनाङ जिल्लामा समेत धक्का दिएकाे स्थानीय जानकारी दिएका छन् । यसअघि आइतबार राति १० बजेर १ मिनेट जाँदा दोर्दी गाउँपालिका-६ को ताँजे र सिमीकाे सीमानाबाट बग्ने लोंदोखोलाको फेदमा केन्द्रबिन्दु बनाइ ४.४ म्याग्नेच्युटको पराकम्प गएको थियो । 

यसअघि अघिल्लो मंगलबार बिहान दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युटको पराकम्प गएको थियो । केन्द्रका अनुसार अहिले गएकाे भूकम्प २०७२ वैशाख १२ गते गएको भूकम्पको पराकम्प हो ।