१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ९ बिहीबार ०९:४१:००
Read Time : > 1 मिनेट
समाचार

रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा केही दिनयता चोरकाे आतंक

Read Time : > 1 मिनेट
२०७६ असोज ९ बिहीबार ०९:४१:००

रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा केही दिनयता चोरले आतंक फैलाएका छन् । तीन दिनको अवधिमा ४६ घर तोडफोड भएपछि स्थानीय आतंकित बनेका हुन् । गुल्मीदरबार गाउँपालिका–२ अन्तर्गत जुभुङको झिरवासमा मंगलबार २३ घरमा तोडफोड भएको वडाध्यक्ष हरिहर गौतमले बताए । चोरले स्थानीय दीपक थापाको आलमारी फोडेर आठ हजार नगद र तीन तोला सुन, कमला थापाको एक तोला सुन लगेको गौतमले जानकारी दिए । बुधबार बिहान ४ बजेतिर पनि चोरहरू स्थानीय दुई घरमा पसेर बोका निकाल्न थालेका थिए । तर, स्थानीयले थाहा पाएपछि चोरहरू भागेको उनले बताए । गौतमका अनुसार चोरहरूले घरभित्र पसेर दही, दूध पोख्नेदेखि नगद र गरगहना लैजाने समेतका गरेको वडाअध्यक्ष गौतमको भनाइ छ । 

गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा पनि आठ घरमा तोडफोड भएका छन् । सदरमुकामसँगै जोडिएको रेसुंगा नगरपालिका–१३ दुबीचौरका नरबहादुर थापा, खुनबहादुर खत्रीलगायतको १५ घरमा तोडफोड र नगद चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए । खत्रीले आइतबार र सोमबार दुबीचौरमा चोरी भएपछि सिंगो गाउँ त्रसित भएको बताए । 

प्रहरी र स्थानीय रातभर जाग्राम
दैनिकजसो चोरी हुन थालेपछि स्थानीयले रातिमा गस्ती गर्न थालेका छन् । गुल्मी दरबार गाउँपालिकाको बलिथुम, जुभुङ, वीरवास, गैँडाकोट, चारपालाका बासिन्दाले गस्ती सुरु गरेका हुन् । यस्तै  रेसुंगा नगरपालिकाको दुबीचौर र भाडगाउँमा गस्ती सुरु भएको छ । ‘घरको ताला, दराज र बाक्साहरू फुटाइएको छ,’ वडाध्यक्ष खत्रीले भने । ३०÷४० जनाको समूह बनाएर गस्तीमा खटाएको उनले बताए । गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले चोरीको घटनाले नागरिक ढुक्कले निदाउने अवस्था नभएकाले प्रहरी प्रशासनसम्म खबर गरेको बताए । 

एकै किसिमले ताडा फोडियो
रेसुंगा नगरपालिका–३ को भाडगाउँमा मंगलबार राति दुर्गा खनालको घर तोडफोड भएको छ । घरका सबैजना माथिल्लो तलामा सुत्दै आएका थिए । चोरले राति घरको ढोका फोडे, तर केही लगेनन् । प्रहरी लगेर मुचुल्का गराएको वडाध्यक्ष थम्मन केसीले जानकारी दिए । उनले कसैले पत्तै नपाउने गरेर ताला फोरिएको बताए । गुल्मी दरबार गाउँपालिका–२ का वडाध्यक्ष हरिहर गौतमले घर, दराज र बाक्साको ताला एकै किसिम र कसैलाई जानकारी नहुने गरी कुनै मेसिनबाट फोडिएको हुनसक्ने आशंका व्यक्त गरे । 

गस्ती र अनुसन्धान थालेका छौँ : प्रहरी
अहिले चोरी भएका स्थानको अवलोकन, क्षतिको वितरण संकलन तथा अनुसन्धान र गस्तीको काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीन घलेले बताए । उनले धेरै ठाउँमा घटना भएको तर परिवारका कसैले पनि पत्तो नपाएकाले घटनामा संलग्नको पहिचान गर्न मुस्किल परेको बताए । गाउँमा प्रहरी र स्थानीय युवा क्लबहरूको सहयोगमा थप सचेत बनाउने काम भइरहेको घलेले बताए ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले घटनाको सूक्ष्म अध्ययन भइरहेको बताए । उनले घटनाको प्रकृति हेर्दा स्थानीयको संलग्नातामा चोरी भएको आशंका प्रशासनले गरेको बताए । ‘थप घटना हुन नदिन नेपाल प्रहरी र संशस्त्र प्रहरी परिचालन गरेका छौँ,’ उनले भने, ‘धेरै ठाउँमा ताल्चा फोडेर केही नलगेकाले गाउँकै युवाहरूको बदमासी हुन सक्छ ।’