मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ८ बुधबार १६:२०:००
Read Time : < 1 मिनेट
साहित्य

एकल साँझमा अमर बान्तुका सात कविता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ८ बुधबार १६:२०:००

कवि तथा गीतकार अमर बान्तुको एकल कविता साँझ राजधानीमा मंगलबार आयोजना भयो । कवि बान्तुले कार्यक्रममा सात वटा कविता सुनाए ।

सामाजिक धरातलसँग जोडिएका कविता बन्तुले बाचन गरेका थिए । स्मार्ट माइक्रो रिसर्चको आयोजनामा भएको कार्यक्रममा कविहरु एसपी कोइराला, श्रवण मुकारुङ, विप्लव ढकाललगायत सहभागी थिए । कार्यक्रममा टिप्पणीकर्ता विप्लव ढकालले कवि तथा गीतकार उमेरले होइन विचारले बन्ने धारणा राखे ।

उमेरले पाँच दशक नाघेपछि कवितामा सक्रिय भएकोमा उनले बान्तुको प्रशंसा गरे । कार्यक्रमका प्रमुख अथिति कोइरालाले अमर बान्तुका कविता कवितैको आँखाले लेखिएको बताए ।