१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ८ बुधबार १५:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभले पुरस्कार पाउँदा लता मंगेशकर र रजनीकान्त खुशी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ८ बुधबार १५:५२:००

बलिउडमा ‘बिग बी’ भनेर चिनिने अमिताभ बच्चनलाई भारतीय सिनेमामा योगदान पुर्‍याएकोमा मंगलबार  दादा साहब फाल्के पुरस्कारले सम्मानित गरिएको छ। उनले पुरस्कार पाएसँगै उनका समर्थक र सँगै काम गरेका कलाकारले बधाई दिएका छन् । प्रख्यात स्वर सम्राज्ञी लता मंगेशकर र अर्का सुपरस्टार रजनीकांतले बधाई दिँदै उनको प्रशंसा गरेका छन् । 

स्वर सम्राज्ञी लता मंगेशकरले फिल्म क्षेत्रमा ५० वर्ष बिताएका बच्चनलाई पुरस्कार दिने निर्णय ढिलै भए पनि सुखद रहेको बताएकी छिन् । 
मंगेशकरले बधाई ज्ञापन गर्दै बच्चन धेरै अघि यो पुरस्कारको हकदार रहेको बताइन् । ‘उनलाई यो प्रतिष्ठित पुरस्कार पहिले नै दिएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘सरकारको यो फैसलाबाट म धेरै खुशी छु ।’ 

अमिताभ बच्चनलाई फिल्म क्षेत्रको पिलर भन्दै उनले प्रशंसा गरेकी छिन् । काम गर्दा बच्चनमा देखिने उर्जा प्रेरणादायी हुने गरेको उनको अनुभव छ । काम गर्दा जहिले पनि उत्साहित हुने धेरै कम देखेको मंगेशकरले बताएकी छिन् । ‘उनको काम गर्ने शैली कमालको छ,’ उनले भनिन्, ‘उनी महान कलाकार हुन् । ’

अमिताभसँगै धेरै फिल्म खेलेका रजनीकांतले ट्विटरमा दिग्गज अभिनेतालाई शुभकामना दिँदै भनेका छन्, ‘बधाई छ प्रिय बच्चनजी, तपाई  यस प्रशंसनीय सम्मान को योग्य हुनुहुन्छ।’