मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ८ बुधबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आफ्नो पार्टी निरंकुशताको पक्षमा छैन : वरिष्ठ नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ८ बुधबार १२:४२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् । 

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए । पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिस्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिस्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको स्पष्ट पारे । 

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालभैm उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने गरेको बताए ।