मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ७ मंगलबार १४:१७:००
Read Time : < 1 मिनेट
साहित्य

सरुभक्तको उपन्यास प्रतिगन्ध आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ७ मंगलबार १४:१७:००

नेपाली साहित्यका बहुविधामा विशेष दखल राख्ने साहित्यकार सरुभक्तको नयाँ उपन्यास प्रतिगन्ध दसैंको संघारमा उनको जन्मस्थल पोखराबाट सार्वजनिक हुने भएको छ । १२ वर्षपछि आउन लागेको उनको यो उपन्यास आख्यानका पाठकका लागि बहुप्रतीक्षित छ । उपन्यासबारे सरुभक्त भन्छन्, 'पृथ्वीमा मानवइतरका प्राणीहरू प्राकृत गन्धले चिनिन्छन् भने मानवहरू आत्मिक गन्धले । यसको पछाडि निश्चय पनि सभ्यताको इतिहास जिम्मेवार हुन्छ । तर समकालीन विश्वपरिवेश बदलिएको छ । यस बदलिएको परिवेशमा नेपाली आख्यान विधाको एक भिन्न चित्रण हो– प्रतिगन्ध ।'

पागलबस्ती उपन्यासका लागि २०४८ सालको मदन पुरस्कार प्राप्त गरेका सरुभक्तका समय त्रासदी, तरुनी खेती र चुली उपन्यास चर्चित छन् । 

गृह बुक–हिल प्रकाशनका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, 'लामो समयको मौनतापछि सरुभक्तद्वारा सिर्जित यो उपन्यास नेपाली डायस्पोरा र विश्वपरिवेशको एक अर्थगर्भित महागाथा हो । विषयवस्तुको छनौट र भाषा–शैलीले आख्यानका पाठकमा उनले पारेको प्रभाव पुनः चमत्कृत हुने निश्चित छ ।'

कूल ४९६ पृष्ठको उपन्यासको मूल्य ५ सय ९९ रुपैयाँ राखिएको छ । उपन्यास यही असोज १२ गते शनिबार सार्वजनिक हुने भएको छ ।