मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ असोज ७ मंगलबार ०९:१७:००
Read Time : < 1 मिनेट
समाचार

नेपालगन्जबाट सञ्चालन हुने सबै बसलाई बसपार्क पुग्न अनिवार्य

Read Time : < 1 मिनेट
विश्वराज पछल्डङ्ग्या बाँके
२०७६ असोज ७ मंगलबार ०९:१७:००

नेपालगन्जबाट सञ्चालन हुने सबै बसलाई १२ असोजदेखि नवनिर्मित अत्यधुनिक बसपार्कमा प्रवेश अनिवार्य गराइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेकोे बस सञ्चालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले १२ असोजबाट सम्पूर्ण बसलाई बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको हो । १५ असोजमा बसपार्कको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

बसपार्क सञ्चालन भएपछि नगरबसबाहेकका सम्पूर्ण बस बसपार्कबाट मात्र छुट्ने गरी व्ण्यवस्थापन गर्ने निर्णय गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा तीन दिनभित्र काउन्टरको बाँडफाडसहित सबै समिति र प्रालिका एक–एकजना प्रतिनिधित्व हुनेगरी खाकासहित प्रतिवेदन पेस गर्न अनुरोध गरेको उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताइन् ।

बसपार्कको सुरक्षाका लागि सिसीक्यामेरा, सुरक्षा काउन्टरलगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।