Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७६ असोज ५ आइतबार ११:४९:००
मुख्य समाचार

प्रधानमन्त्रीले चाहेको समयमा मन्त्रीमण्डल पुर्नगठन हुनसक्छ : प्रचण्ड

२०७६ असोज ५ आइतबार ११:४९:००

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको मन्त्रीमण्डलबारे  प्रश्न नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन ।

आइतबार  विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको मन्त्री फेरवदल गर्नै कुराले आफुलाई हैरान पारेको बताउँदै प्रश्न नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘मलाई  मन्त्री मण्डल फेरबदलबारे नसोध्नुहोस प्लिज यो प्रश्नले मलाई हैरान पारेको छ ।’

उनले दुईतिहाईको सरकारको काम जस्तो गतिमा हुनुपर्ने थियो त्यस्तो हुन नसक्दा पार्टीको नेतृत्व तह पूर्ण सन्तुष्ट हुन नसकेको बताए । छिमेकीसँगको सुमधुर सम्बन्ध, पाइपलाइन र आर्थिक वृद्धिदरलगायतका काम सरकारले सफलताका साथ गरेपनि अन्य काममा तीब्रता दिन नसकेको उनले बताए । 

नेपालको आर्थिक विकासको दर बढेकोले निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले दुई तिहाईको सरकारले चाहे जसरी काम गर्न नसकेकोले पार्टीको नेतृत्व तहमा चिन्ता बढ्न थालेको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको समयमा वर्तमान सरकारको मन्त्रीमण्डल पुर्नगठन हुन सक्ने उनले बताए ।