मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ५ आइतबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार

देशभित्रै काम गर्ने गरी विदेशी कम्पनीलाई जिम्मा दिनु गलत : मुख्यमन्त्री 

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ११:३७:००

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्ने र देशभित्रै काम गर्ने गरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पुँजीवाद भएको बताएका छन् । उनले दलालहरूले कमिसन खाने यस्ता प्रवृत्तिको अन्त्य नभएसम्म देशको विकास नहुने बताए । बेँसीसहरमा नेकपा लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले उद्योग–कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन तथा आम्दानी, रोजगारीको सिर्जना गर्दै गरिबीको अन्त्य नगरेसम्म राष्ट्रिय पुँजीको विकास नहुने बताए । जनताको क्रान्तिको बाटो भनेको विकास र परिवर्तन भएको प्रस्ट्याउँदै मुख्यमन्त्री गुरुङले सामन्तवाद अन्त्य भए पनि केही अवशेष बाँकी रहेको दाबी गरे । यसको निराकरण गर्दै जनतामा रोजगारी र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।