मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ५ आइतबार ११:२२:००
Read Time : < 1 मिनेट
समाचार

९९ विद्यार्थीले पाए ल्यापटप

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ११:२२:००

जिल्लास्थित राम उच्च मावि, मटिहानी र राष्ट्रिय मावि, मझौराका कक्षा ९ का विद्यार्थीले ल्यापटप पाएका छन् । विद्यालयको ४० प्रतिशत तथा मटिहानी नगरपालिकाको ६० प्रतिशत लगानीमा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न ल्यापटप वितरण गरिएको हो । शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विद्यार्थीलाई ल्यापटप वितरण गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले ल्यापटपले विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने बताए । मटिहानी नगरपालिकाले शिक्षाप्रति विशेष चासो देखाएको बताउँदै उनले शिक्षालाई घरघरसम्म पुर्‍याउन प्रदेश सरकार सदैव सहकार्य गर्न आतुर रहेको स्पष्ट पारे । सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले विद्यालयमा प्राविधिक शिक्षा तत्काल सुरु गर्नुपर्ने आवश्यकता देखिएको बताए । कार्यक्रममा मुख्यमन्त्री राउतले विद्यालय परिषद्मा दुईवटा बिरुवासमेत रोपेका थिए ।