मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अशोक पहाडी रौतहट
२०७६ असोज ५ आइतबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार

सडक बिग्रँदा आवागमनमा कठिनाइ

Read Time : < 1 मिनेट
अशोक पहाडी रौतहट
२०७६ असोज ५ आइतबार ११:१९:००

जिल्लाको कटहरियादेखि कर्कच–कर्मैया–टिकुलिया जाने सडक बिग्रेका कारण स्थानीयलाई आवागमनमा कठिनाइ भएको छ । शिवशंकर निर्माण सेवाले समयमा बाटो निर्माण नगरेका कारण आउने–जाने यात्रुलाई समस्या भएको स्थानीयको भनाइ छ ।

कटहरियादेखि कर्कच, टिकुलिया हुँदै देवाहीघाटसम्म निर्माण हुने पक्की सडकमा ठेकेदार दयाराम साहको बदमासीका कारण बाटोमा ग्रभेलसमेत नहालेको स्थानीयको भनाइ छ । बाटो हिलाम्मे भएर आवतजावतमा समेत समस्या भएको स्थानीयको भनाइ छ । हाल सो सडकका अधिकांश भाग कच्ची रहेकाले साइकलसमेत हिँडाउन नसक्ने अवस्था रहेको स्थानीय शम्भु साहले बताए । कटहरिया–टिकुलिया सडकखण्डमा हलुका पानी पर्दा पनि साइकल, मोटरसाइकल तथा ठूला गाडी आउन–जान समस्या भइरहेको कर्कच गाउँका स्थानीय सुरेश कुशवाहले बताए ।

सहरी विकास मन्त्रालयको बजेटबाट निर्माण हुने सो सडकको ठेक्का गत वर्ष नै शिवशंकर कन्स्ट्रक्सनले लिएको थियो ।सहरी विकास कार्यालय वीरगन्ज र स्थानीयको पहलमा पटक–पटक सडकको काम सुरु गर्न तागेता गर्दासमेत निर्माण कम्पनीले कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ । 

हाल सो सडकको काम २५ प्रतिशत मात्र सम्पन्न भएको ठेकेदार दायाराम साहले बताए । विभिन्न समस्याका कारण समयमा काम हुन नसकेको उनको भनाइ छ । समयमा काम सम्पन्न नगर्ने शिवशंकर निर्माण सेवालाई सम्बन्धित निकायले कालोसूचीमा राख्नुपर्ने देवाही गोनाही नगरपालिका–३ का वडाध्यक्ष अनील झाले माग गरे ।