Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज ५ आइतबार ११:१२:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेशका मुख्य सहरहरूमा सिसिटिभी जडान हुँदै

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ११:१२:००

प्रदेश एकका मुख्य सहरहरूमा सुरक्षा निगरानीका लागि सिसिटिभी जडान गरिने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख सहरहरूमा सिसिटिभी जडान गर्ने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार राजधानी विराटनगरसहित पहिलो चरणमा ६ जिल्लाको मुख्य सहरमा सिसिटिभी जडान गर्न सुरु गरिएको छ । सिसिटिभी जडानका लागि सडक सुरक्षा तथा सुशासन कार्यक्रमअन्तर्गत चार करोड ७४ लाख ८१ हजार १६८ रुपैयाँ विनियोजन गरेर खर्चको अख्तियारी प्रदेश प्रहरीलाई दिइएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५८, झापामा ३०, सुनसरीमा ३८, उदयपुरमा २३, धनकुटामा २३ थान र प्रदेश प्रहरी कार्यालय, अनि प्रदेश सरकारका मन्त्रालयहरूमा  १५ थान सिसी क्यामेरा जडान गरिने छन् । 
 
मोरङमा १ सय ५४ सिसिक्यामेरा
बढ्दो सवारी दुर्घटना र जघन्य अपराध नियन्त्रण गर्न मोरङ प्रहरीले पूर्व–पश्चिम लोकमार्ग र उत्तर–दक्षिण कोसी राजमार्गमा थप ५८ वटा सिसी क्यामेरा जडान गरेको छ । मोरङ प्रहरीले प्रदेश सरकारको सहयोगमा एक करोड १३ लाख ५८ हजार ५ सय ९ रूपैयाँ खर्च गरेर पूर्व–पश्चिम र कोसी राजमार्ग आसपास सिसि क्यामेरा जडान गरेको हो । सिसि क्यामेराको कन्ट्रोल रूम विराटनगर, इलाका प्रहरी कार्यालय पथरी र सीमा क्षेत्र रानीस्थित इलाका प्रहरी कार्यालयमा रहेको छ । प्रदेश सरकारले चालू वर्ष मोरङ प्रहरीलाई १ करोड २० लाख रुपैयाँ सहयोग गरेको थियो । यसअघि मोरङ प्रहरीले विराटनगर महानगरसहित संवेदनशील स्थानमा ९६ वटा सिटिटिभी जडान गरेर निगरानी गरिरहेको थियो ।