मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष २४ मंगलबार १२:४२:००
Read Time : > 1 मिनेट
समाचार

चौसठ्ठी वर्षपछि पहिरो नियन्त्रणमा

Read Time : > 1 मिनेट
रासस
२०७५ पौष २४ मंगलबार १२:४२:००

इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम सुरु गरेको थियो । 

स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९/७० मा पहिरो नियन्त्रणका लागि रु ३५ लाख, आर्थिक वर्ष २०७०/७१ मा रु २२ लाख र आर्थिक वर्ष २०७१/७२ मा रु १९ लाख ६७ लाख खर्चिएको थियो । 

पहिरो नियन्त्रणको काम पूरा भएपछि अहिले पहिरो क्षेत्रमा हरियाली छाएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । पहिरो सुरु भएको क्षेत्रबाट तारजाली लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँस रोपिएको लगायतको वृक्षरोपण गरिएको थियो । 

विसं २०२५ को भदौ, असोज र कात्तिक महीनामा आएको अबिरल वर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो । पहिरो नियन्त्रण बाहिर गएपछि साङ्रुम्बा क्षेत्रमा ३०० बढी परिवार विस्थापित भएको स्थानीय धमप्रसाद जबेगुले बताए ।

विसं २०२५ मा २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए । पुवाखोलाबाट शुरु भएको पहिरोको लम्बाइ एक हजार ५०० मिटर र चौडा ९०० मिटर लामो रहेको स्थानीयवासी रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादूर राईले बताए । स्थानीयवासीको हरेक वर्ष विस्थापित हुनुपर्ने र खेतीयोग्य जमीन बनाउने क्रम पहिरोबाट बढेपछि २०२५ देखि नै नियन्त्रणका लागि सरकारलाई माग गरिँदै आएको थियो । 

‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणको कार्यक्रम शुरु भएको वर्ष केही मात्रामा पहिरो बगे पनि अहिले पूर्णरुपमा नियन्त्रणमा आएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए। २०११ सालबाट सुरु भएको पहिरोेका कारण तत्कालीन साङ्रुम्बा गाविसको पाँचवटा वडाका बासिन्दा जोखिममा परी हरेक वर्ष विस्थापित हुँदै आएका थिए ।