Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टोपलाल अर्याल
२०७५ पौष २४ मंगलबार १२:१६:००
Read Time : > 1 मिनेट
समाचार

चिसो बढेसँगै गुल्मी जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

Read Time : > 1 मिनेट
टोपलाल अर्याल
२०७५ पौष २४ मंगलबार १२:१६:००

चिसोे बढेसंगै जिल्ला अस्पताल तम्घासमा बिरामीको चाप बढेको छ । अस्पतालमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, निमोनिया, दम र हाडजोनी लगायतका समस्या हुने गरेको छ । यो समयमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित रहेको चिकित्सकहरुले बताएका छन् । वृद्धवृद्धा र बालबालिकाको रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरुमा छिटै संक्रमण हुने अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले बताए ।

यो समयमा बालबालिका वृद्धवृद्धा र सुत्केरीको स्वास्थ्यमा विशेष ख्याल राख्न पाच्याले आग्रह गरे । सबैले स्वास्थ्यको ख्याल गर्नु पर्ने, मौसम अनुकूलको खानपान, तातो पानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने, बिहान बेलुका चिसोमा सकेसम्म ननिस्कने गरे चिसोबाट बच्न सकिने उनको सुझाव छ । 

दैनिक सरदर एक सय बिरामी
अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका कम्प्युटर अप्रेटर देवराज खनालले बताए । आइतबार मात्रै जिल्ला अस्पतालमा ओपिटी र इमरजेन्सीमा गरी एक सय ४० र सोमबार एक सय १८ जनाले उपचार तथा स्वास्थ्य परिक्षण गराएको अप्रेटर खनालले बताए । त्यस्तै जिल्ला अस्पतालसंगै बाहिर मेडिकलहरुमा पनि चिसोका बिरामीहरु बढ्दै गएका छन् । दैनिक क्लिनिकमा आउने बिरामी मध्ये ३० प्रतिशत बिरामी चिसोबाट प्रभावित आउने गरेको शुभ लक्ष्मी क्लिनीकका संचालक होम पल्लीले बताए । बिरामीहरु सवैभन्दा बढि १० वर्षभन्दा मुनिका बालबालिका रहेका छन् भने बृद्धबृद्धा पनि चिसोबाट बिरामी हुने गरेका छन् ।

दुई महिनामा साढे ४ हजारलाई सेवा
पछिल्लो दुई महिना मंसिर र पुसमा मात्रै चार हजार चार सय ३४ जना बिरामीले जिल्ला अस्पताल तम्घासबाट सेवा लिएको अस्पतालले जनाएको छ । मंसिर र पुसमा बहिरंग तर्फ दुई हजार एक सय २६ महिला र एक हजार चार सय ६० पुरुषले सेवा लिएका छन् । त्यस्तै अन्तरंगतर्फ एक सय ४१ महिला र ३९ पुरुष गरी कुल एक सय ८० जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै तीन सय ९० महिला र दुई सय ७८ जना पुरुषले आकस्मिक सेवा लिएका छन् ।