मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ४ शनिबार १६:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

धरानमा चार दिने चित्रकला मेला 

Read Time : < 1 मिनेट
२०७६ असोज ४ शनिबार १६:५५:००

धरान उपमहानगरपालिका अन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले चार दिने चित्रकला मेला आयोजना गरेको छ । धरान ८ स्थित सभागृहमा भइरहेको मेलाको उद्घाटन शुक्रबार कार्यवहाक मेयर मञ्जु भण्डारीले गरेकी थिइन् ।

नयाँ पुस्तालाई चित्रकलाको ज्ञान, सीप हस्तान्तरण गर्ने एवं चित्रकलाको संरक्षण तथा विकास गर्ने उद्देश्यले चित्रकला मेला आयोजना गरिएको धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले जानकारी दिए । 

चार दिने मेलामा धरानका विभिन्न विद्यालयका ८० जना विद्यार्थीहरुको सहभागीता रहेको उनले बताइन् । यस्तै, विद्यार्थीलाई चित्रकलाबारे अनुभव बाड्न र व्यवहारिक ज्ञान दिलाउन १ नं प्रदेशका २० जना अग्रज कलाकारहरुले सहभागीता जनाउने छन् । चित्रकारहरुले दुई दिनसम्म सैद्धान्तिक र व्यवहारिक भिकलासम्बन्धि कार्यशालासमेत गर्ने अध्यक्ष सम्बाहाम्फेले बताइन् । 

कार्यशालापछि आइतबार र सोमबार  धरान १२ स्थित अमान बजारमा प्रदर्शनी गरिने कार्यक्रम रहेको प्राज्ञ एवं कार्यक्रम संयोजक गोपाल देवानले बताए । 

धरानको पर्यटन प्रवद्धनलाई फोकस गरेर आयोजना गरिएको मेलामा विद्यार्थीहरुले धरान र आसपासको पर्यटकीय महत्वका दृश्य, साँस्कृतिक तथा सामाजिक पहिचान झल्काउने खालका चित्र बनाउने संयोजक राईले बताए ।