मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ४ शनिबार १४:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भरतपुर महानगरपालिका १६ का वडा अध्यक्षको निधन

Read Time : < 1 मिनेट
२०७६ असोज ४ शनिबार १४:३२:००

भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका बिरामी गुरुङको उपचारको क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा निधन भएको हो । स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए । अध्यक्ष गरुङ्गको अन्त्यष्टि सोमबार मात्र गर्ने परिवारीक स्रोतले जनाएको छ । 

अहिले उनको शव भरतपुर अस्पतालमा राखिएको छ । तीन छोराहरु मध्ये दुई छोराहरु वैदेशीक रोजगारीको शिलसिलामा विदेश रहेकोले उनीहरु आएपछि मात्र अन्त्यष्टि गरिने परिवारिक स्रोतले जनाएको छ ।