मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी  मुम्बई
२०७६ असोज ३ शुक्रबार २०:१२:००
Read Time : < 1 मिनेट
सप्तरंग

आलिया भट्टले गरिन् बुबा महेश भट्टको प्रशंसा 

Read Time : < 1 मिनेट
एजेन्सी  मुम्बई
२०७६ असोज ३ शुक्रबार २०:१२:००

चर्चित निर्माता निर्देशक महेश भट्टकी छोरी अभिनेत्री आलिया भट्ट पहिलो पटक बुबाले निर्देशन गरेको ‘सडक’ फिल्मको सिक्वेलमा काम गरिहेकी छन् । महेश भट्ट अहिले ७१ वर्षका भए । यो उमेरमा उनको काम प्रतिको समर्पण देखेर अचम्म लाग्ने गरेको आलियाले बताउँछिन् । सडक फिल्ममा आलियाकी दिदी पुजा भट्ट नायिका थिइन् ।

‘बच्चा हुँदा बुबाले समय नदिएकोमा गुनासो हुन्थ्यो,’ उनले भनेकी छिन, ‘फिल्म क्षेत्रमा यत्रो वर्ष गुजारेपछ बल्ल बुबाले समय नदिनुको कारण थाहा भयो ।’ आलियाले भनेकी छन्, ‘मेरो बचपनको धेरै समय आमासँग वित्यो । बुबा आफ्नै काममा व्यस्त हुने भएकाले बचपनमा हामीले उहाँबाट धेरै समय पाउन सकेनौं ।’

उनले बुबाको प्रशंसासमेत गरेकी छिन् । समयमै काम गर्ने बानी बुबाबाट सिकेको उनले बताएकी छिन् । बुबाको धेरै गुण दिदी पुजा भट्टमा रहेको भन्दै आफुमा चाँही आमाको गुण रहेको उनले बताएकी छन् ।