मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ३ शुक्रबार १५:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मधेसवादी दललाई अलग राखेर जारी संविधान स्वीकार्य छैन : राजपा नेता महेन्द्र यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ३ शुक्रबार १५:५५:००

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिएको बताएका छन् । 

संविधान संशोधनको माग माग सम्बोधन नगरेको भन्दै उनले सरकारको आलोचना गरे । ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनले भने, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्विकार गर्ने अवस्था रहेन ।’ 

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले दुई तिहाईको दम्भमा संघीयता र गणतन्त्र नमास्न सरकारलाई सचेत गराए । मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार नै समाप्त हुने उनले चेतावनी दिए । 

संयोजक यादवले सरकारले अधिकार केन्द्रमा राखेर संघीयताको धज्जी उडाएको आरोप पनि लगाए ।