मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार ११:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

नगरसभामा कर्जन्हाका मेयरको किर्ते काम

बहुमत पुर्‍याउन गराए झुुक्याएर सही, रजिस्टर गायब

Read Time : > 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ११:२६:००

सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले बिहीबार आयोजित चौथो नगरसभामा बहुमत पु-याउन नगरसभा सदस्यहरूलाई झुक्याएर सही गराएको खुलेपछि सभा स्थगित भएको छ । झुक्याएर सही गराएको थाहा पाएलगत्तै नगरसभा सदस्यद्वय रामचन्द्र साह र टेकबहादुर लामाले प्रतिवाद गरेका थिए । सो हो–हल्लासँगै सभा स्थगित भएको हो । 

गत १० असारमा बगहास्थित नगरपालिका केन्द्रमा नगरसभाको उद्घाटनपछि आफ्नो पक्षमा बहुमत नपुग्ने आकलन मेयरले गरेको र तेस्रो दिन (१२ असार) छलफल गर्ने गरी सूचना टाँस गरी उनले सभा स्थगित गरेको कर्जन्हा २ का वडाध्यक्ष गणेशकुमार अधिकारीले बताए । ‘त्यो दिन ३६ जना नगरसभा सदस्य तोकिएकै समयमा पुग्यौँ,’ वडाध्यक्ष अधिकारीले भने, ‘मेयरले आफ्नो पक्षका १६/१७ जना सदस्यलाई बन्दीपुरस्थित गीताञ्जली होटेलमा राखे, जसले गर्दा उनीहरू नगरसभामा उपस्थित नै भएनन् ।’ त्यसपछि ३६ जनामध्ये ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसाएर मेयरको मनोमानी कदमको भत्र्सना गर्दै नगरसभा बोलाउन मागसहित आफूहरू घर फर्किएको उनले बताए ।
 
दबाबपछि पुनः मिति तोकियो
‘उद्घाटनपछि स्थगित भएको नगरसभा राख्न पटक–पटक दबाब दिएपछि ५ साउनमा बगहास्थित कुशवाहा भवनमा तोकिएको नगरसभामा आफूहरू पुग्दा भवन नै बुक नभएको थाहा पायौँ,’ कर्जन्हा ६ का वडाध्यक्ष जगदीश महतोले भने, ‘मेयर आफैँ आएनन्, मोबाइल बन्द गरेर बसेछन् ।’ आफ्नो पक्षमा बुहमत पु¥याउन पटक–पटक प्रयास गर्दा पनि नसकेपछि मेयरले स्थगित भएको नगरसभाको बन्द सत्र गर्ने छाटकाँट नै नदेखाएको वडाध्यक्षले बताए । ‘यस्तो अवस्था आएपछि पार्टीलाई गुहारेर २ असोजका दिन नगरसभा तोकिएको थियो,’ उनले भने । 

आफ्नो पक्षमा बहुमत पु-याएर कोषको रकम तीन करोड पु-याउन र आफूअनुकुल निर्णय गराउन मेयर पासमानले प्रशासकीय अधिकृतलाई झुक्याएर आफूहरूलाई सही गर्न लगाएको नगरसभा सदस्य बताउँछन् । सामान्यतया नगरका मेयरको अध्यक्षतामा बसेको बैठकमा ‘निम्न प्रस्तावमाथि छलफल गरियो’ भन्ने ब्यहोराको माइन्युट हुनुपर्ने भए पनि ‘निम्न प्रस्तावमाथि छलफल गरी निर्णय पारित गरियो भनेर सही गराइएको भेटिएपछि आफूहरूले विरोध गरेको वडाध्यक्ष अधिकारी बताउँछन् ।
 
सही गरेको रजिस्टर गायब
५९ सदस्यीय नगरसभामा सामान्य बहुमत पु-याउन ३० जना चाहिने भए पनि मेयरको निर्देशनमा प्रशासकीय अधिकृतले उक्त व्यहोरा लेखिएको माइन्युटमा प्रवेश पासका लागि भन्दै ३२ जनाको सही गराइएको रहेछ,’ सदस्य साहले भने, ‘हामीले विरोध गरेपछि रजिस्टर नै गायब गरियो ।’ 

 मेयर पासमानले भने, प्रवेश पासका लागि सही नगराएको दाबी गर्दै स्पष्ट बहुमतका साथ नगरसभा सम्पन्न भएको बताए । नयाँ पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मेरो विरोध गर्नेहरूले चलाएको हल्लाको पछि नलाग्नुस्, विधिसम्मत ढंगले सम्पन्न भएको नगरसभाले ३९ करोडको बजेटसमेत पारित गरेको छ, झुक्याएर सही गरेको होइन ।’ 

नगरसभा सदस्यले विरोधसहित नाराबाजी गरेपछि मिर्चैया र बन्दीपुरबाट पुगेका प्रहरीले नगरपालिका केन्द्रलाई घेरा हाली सुरक्षा दिएर साँझ आठ बजेतिर फर्किएको स्थानीय बासिन्दा बताउँछन् । कर्जन्हा बजारमा घर भएका मेयर पासमानले राजपत्रमार्फत बगहामा कायम भएको नगरपालिका केन्द्र आफ्नो गाउँमा सार्न पटक–पटक प्रयास गर्दै आए पनि नसकेपछि कर्जन्हा नगरको कार्यालय कर्जन्हा र बगाहाबाट सञ्चालन हुँदै आएको छ ।