मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार ०९:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

रियल म्याड्रिड पिएसजीसँग स्तब्ध

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ०९:३७:००

एन्जेल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बुधबार युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा रियल म्याड्रिडलाई ३–० को अन्तरले पराजित गरेको छ । समूह एमा सर्वाधिक विजेतामाथिको सानदार जितसँगै पिएसजीले महत्वपूर्ण तीन अंक बटुलेको छ । यस समूहमा क्लब ब्रुगेस र गालातासारेले गोलरहित बराबरी खेल्दै समान एक अंक बटुलेका छन् । 

पहिलो हाफमै दुई गोल
मुख्य स्ट्राइकर इडेन हजार्डले पहिलो सेटमै प्रतिस्पर्धा गरे पनि रियलले पिएसजीविरुद्ध आकर्षक खेल खेल्न सकेन । घरेलु मैदानमा पिएसजीले रियलमाथि सुरुदेखि नै दबाब राख्यो । खेलको १४औँ मिनेटमा डी मारियाले पिएसजीलाई १–० को अग्रता दिलाए । खेलको ३३औँ मिनेटमा उनले दोस्रो गोल थप्दै मध्यान्तरअघि नै टोलीलाई बलियो स्थितिमा राखे । खेलको अन्तिम इन्जुरी समयमा मुनिएरले पिएसजीको जित ३–० ले पक्का पारे । 

सिटीको सहज जित
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले समूह सीमा साख्तर डोनेट्सलाई ३–० ले हराएको छ । सिटीको जितमा महरेज, गुन्डोगान तथा ग्रावियल जेससले एक–एक गोल गरे । खेलको २४औँ मिनेटमा मेहरेजले सिटीलाई १–० को अग्रता दिलाए । ३८औँ मिनेटमा गुन्डोगानले सिटीलाई २–० को स्थितिमा राखे । ७६औँ मिनेटमा ग्रावियलले सिटीको अग्रता ३–० मा पुर्‍याए । 

म्याड्रिडले युभेन्टसलाई रोक्यो
समूह डीमा एट्लेटिको म्याड्रिड अन्तिम समयमा युभेन्टसलाई २–२ को बराबरीमा रोक्न सफल भएको छ । विस्थापन्न खेलाडी हेक्टोर हेरेराले खेलको ९०औँ मिनेटमा गोल गरेपछि म्याड्रिडले युभेन्टसलाई बराबरीमा रोकेको हो । यस समूहमा लोकोमोटिभ तीन अंकका साथ शीर्ष स्थानमा छ । युभेन्टस र म्याड्रिडले समान एक–एक अंक बटुले । पहिलो हाफमा दुवै क्लबले गोलरहित बराबरी खेलेका थिए ।