मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असोज ३ शुक्रबार ०७:२५:००
Read Time : > 2 मिनेट
विश्व

तेलको मूल्यवृद्धिले  भारतमा कस्तो प्रभाव पार्छ ?

Read Time : > 2 मिनेट
२०७६ असोज ३ शुक्रबार ०७:२५:००

तेलको सम्राज्य मानिने साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन स्थलमा एक साताअघि ड्रोन आक्रमण भएपछि अहिले कच्चा तेलको मूल्य १० प्रतिशतले बढेको छ । साउदी अरेबियाले आफ्ना प्रशोधन केन्द्र पूर्ववत् अवस्थामा फर्किन केही साता लाग्ने बताएको छ । तेलको मूल्यवृद्धिको प्रभाव साउदीबाट हजाराैं किलोमिटर दूरी टाढा रहेको भारतमा पनि महसुस हुन थालेको छ ।

 साउदीको आधा उत्पादन प्रभावित
सेप्टेम्बर १४ मा साउदी अरेबियाको अबकाइक र कुरिस तेल प्रशोधन स्थलमा यमनको सशस्त्र हुथी विद्रोहीले हमला गरेको थियो । सो हमलाका कारण साउदीको आधाभन्दा बढी कच्चा तेल उत्पादन प्रभावित भएको थियो । साउदीले विश्वको झन्डै पाँच प्रतिशत तेल आपूर्ति गर्दै आएको छ ।  विश्वकै ठूलो तेल निर्यातक साउदीले प्रत्येक दिन ७० लाखभन्दा बढी ब्यारेल तेल निर्यात गर्छ । इरानको समर्थन पाएको हुथी विद्रोहीले यसअघि पनि विमानस्थललगायत साउदी भूमिमा आक्रमण गरेको थियो । उसले यसअघि  कच्चा तेलको पाइपलाइनलाई समेत निसाना बनाएको थियो  । तर, पछिल्लो आक्रमणले साउदी अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने देखिएको छ । तेल उत्पादन सेप्टेम्बरको अन्त्यसम्ममा सामान्य अवस्थामा फर्किने साउदी सरकारले जनाएको छ ।

 कहाँबाट ल्याउँछ भारतले तेल ?
भारतले आफूले उपयोग गर्ने तेलमध्ये ८३ प्रतिशत आयात गर्छ । भारत संसारमै सबैभन्दा बढी तेल आयात गर्ने देशमध्ये एक हो । भारतले अधिकांश कच्चा तेल र खाना पकाउने ग्यास इराक र साउदीबाट निर्यात गर्छ । उसले निर्यात गर्ने तेलमध्ये १० प्रतिशतभन्दा बढी छिमेकी इरानबाट निर्यात गथ्र्याे  । तर, गत वर्ष आणविक सन्धिबाट बाहिरिएपछि अमेरिकाले भारतलाई इरानी तेल नकिन्न दबाब दिँदै आएको छ । उसले अमेरिकालगायत अन्य मुलुकबाट पनि तेल निर्यात गर्छ, तर अरबको दाँजोमा ती मुलुकबाट तेल किन्दा उसले बढी रकम बुझाउँछ ।

 मूल्यवृद्धिले के अर्थ राख्छ ?
तेलको मूल्यवृद्धिले भारतलाई कस्तो प्रभाव पार्छ भन्ने विषय कति लामो समय तेल उत्पादन अवरुद्ध हुन्छ भन्नेमा निर्भर हुन्छ । आफ्ना प्रशोधन तेल केन्द्रको पुनः मर्मत गर्न केही साता लाग्ने साउदी सरकारले बताउँदै आएको छ । तर, मर्मत प्रक्रिया पूरा गर्न लामो समय लागेमा यसको प्रभाव तेलको मूल्यमा पनि पर्छ र त्यसले भारतमा आयात हुने तेलमा अतिरिक्त मूल्य लाग्नेछ अर्थात् तेलको मूल्य बढ्नेछ  । भारत सरकारले यसअघि नै आर्थिक संकट सामना गरिरहेको छ, तसर्थ तेलको उच्च मूल्यको अर्थ सरकारसँग आर्थिक मन्दीको प्रभावकारी ढंगले  सामना गर्न थोरै रकम हुनेछ ।

कच्चा तेलको मूल्य विश्वव्यापी रूपमा निरन्तर बढे पेट्रोल तथा डिजेलको मूल्य घट्नेछ । अन्तर्राष्ट्रिय बजारमा १ डलरले मूल्यवृद्धि भए भारतको प्रतिवर्ष आयात १.५ अरब डलर पुग्छ । यसले विभिन्न उद्योगधन्दा, उड्डयन र निर्माण क्षेत्रलाई प्रभाव पार्छ र यसले मुद्रास्फीति तीव्र पार्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्यवृद्धिको प्रभाव कहिलेसम्म रहन्छ भन्नेमा भारतीय अर्थविज्ञ अनिश्चित छन् । ‘सरकारले अहिले तत्काल केही गर्न सक्दैन,’ अर्थशास्त्री मदन सदनभिस भन्छन् । ‘तत्कालीन असर हटाउन भारतले संग्रह गरेर राखेको तेल उपयोग गर्न सक्छ ।’ 

भारत चिन्तित
‘तेल निर्यातका दृष्टिले भारतले अहिलेसम्म साउदी अरबलाई नै सबैभन्दा बढी सुरक्षित मान्दै आएको छ,’ भाजपा प्रवक्ता तथा ऊर्जाविज्ञ नरेन्द्र तानिजा भन्छन्, ‘तेल प्रशोधनस्थलमा भएका अत्याधुनिक हमलाले त्यहाँका तेलकेन्द्र जोखिममा परेको हामीलाई लागेको छ । यसका कारण भारत चिन्तित छ ।’

तेल वितरणको प्रभाव साउदी अरेबियाले अतिवादीविरुद्ध गर्ने सम्भावित प्रतिकारमा निर्भर रहने उनको भनाइ छ । साउदीको सैन्य प्रतिकारले त्यस क्षेत्रमा तनाव बढ्ने र सम्पूर्ण अरब क्षेत्रको आपूर्ति प्रभावित हुने उनको अनुमान छ । ‘तत्कालका लागि भारतको चिन्ताको विषय मूल्य हो । तर, आगामी दुई सातापछि पनि निर्बाध आपूर्ति भएन भने आपूर्तिबारे हामीले पनि चिन्ता गर्नुपर्ने हुन्छ । ‘हामीले अफ्रिका र अमेरिकाबाट तेल निर्यात गरिरहेका छाँै, तर मध्यपूर्व हाम्रो मुख्य स्रोत हो,’ उनले भने, ‘विविधीकरणबारे भारतले तत्काल तीव्र प्रयास गर्नेछ ।’