१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका डोल्पा
२०७६ असोज ३ शुक्रबार ०७:०४:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी हवल्दारमाथि बालिका बलात्कार प्रयास गरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डोल्पा
२०७६ असोज ३ शुक्रबार ०७:०४:००

 ड्युटीमा खटिएका प्रहरी हवल्दारले मादक पदार्थ सेवन गरी एक बालिकालाई बलात्कार प्रयास गरेका छन् । प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत हवल्दार दानबहादुर जिसीले ड्युटीमा रहेका वेला बुधबार अपराह्न ५ बजेतिर त्रिपुरासुन्दरी नगरपालिका–२ की एक बालिकालाई घरमै बलात्कारको प्रयास गरेको परिवारको आरोप छ ।

गाउँमा आएका वेला हवल्दार जिसीले मादक पदार्थ सेवन गरी बलात्कारको प्रयास गरेको बालिकाका बाबुले जानकारी दिए । पीडित बालिकाले कुखुरालाई खोरमा थुनेर माथिल्लो तलामा आउने क्रममा जिसीले संवेदनशील अंगमा समातेर जबर्जस्ती प्रयास गरेको बालिकाले बताइन् । आफू चिच्याएपछि भित्रबाट बुबाआमा आएर के गरेको भन्दै हवल्दार जिसीलाई भनेपछि उनी त्यहाँबाट भागेका थिए । भाग्ने क्रममै उनलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बालिकाका बाबुले बताए ।

 हवल्दार जिसी हिरासतमा
बालिकामाथि जबर्जस्तीको प्रयास गरेपछि परिवारले जिसीलाई कारबाही गर्न प्रहरी चौकी त्रिपुराकोटमा निवदेन दिएको थियो । उनलाई बुधबार राति नै हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ड्युटीमा खटिएकै अवस्थामा मादक पदार्थ सेवन गरेर बालिका बलात्कारको प्रयास गरेको निवेदन आएकाले आवश्यक छानबिन गरेर दोषी ठहर भए हदैसम्मको कारबाहीका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

जिसीलाई कडा कारबाहीको माग गर्दै गाउँलेले बिहीबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटमा ढुंगामुढा गरेका छन् । चौकीअगाडि प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका थिए । जनतालाई शान्तिसुरक्षा प्रदान गर्ने प्रहरी नै आपराधिक क्रियाकलापमा संलग्न भएकाले दोषीलाई जागिरबाट बर्खास्त गरी कारबाही गर्नुपर्ने महिला अधिकारकर्मीको माग छ ।