१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ३ शुक्रबार ०६:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक : २८२ कैदीलाई सजाय माफी दिन सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज ३ शुक्रबार ०६:३९:००

सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका दुई सय ८२ कैदीलाई सजाय माफी दिने निर्णय गरेको छ । कैदमाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम उनीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र 
सजाय माफी दिन लागिएको हो । मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा शुक्रबार हनुमानढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा सबैलाई निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ । 

 डा. रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’
सरकारले यस वर्षको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट आँखा चिकित्सक डा. सन्दुक रुइतलाई पुरस्कृत गर्ने भएको छ । उनलाई पाँच लाख रुपैयाँसहितको सम्मान गर्न लागेको हो । राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । उनीहरूलाई जनही दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

 अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा 
सरकारले नेपाली सेनामा सहायक रथी दर्जाको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ । चार वर्षका लागि मात्र सो पद सिर्जना गर्ने निर्णय भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका महासेनानी यमबहादुर अधिकारीलाई लक्षित गरी विशेष पद सिर्जना गरिएको हो । सरकारले महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ । यस्तै, सरकारले प्राविधिक प्रमुख सेनानीद्वय वानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरेको छ ।

सरकारले नेपाल–भारत व्यापार सन्धि २००९ पुनरावलोकनको तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको छ ।