मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका लमजुङ
२०७६ असोज ३ शुक्रबार ०६:२०:००
Read Time : < 1 मिनेट
समाचार

बेँसीसहरका औषधि पसल अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लमजुङ
२०७६ असोज ३ शुक्रबार ०६:२०:००

बेँसीसहर नगरपालिका स्वास्थ्य शाखाले बेँसीसहरका औषधि पसलमा अनुगमन गरेको छ । स्वास्थ्य शाखाले बेँसीसहरमा रहेका औषधि पसल, पोलिक्लिनिक तथा निजी अस्पतालको बिहीबार अनुगमन गरेको हो ।

स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पिया नेतृत्वको अनुगमन टोलीले बेँसीसहरको शेरा, भीमसेनस्थान चोक, पुरानो बैंकचोकलगायत १६ वटा पसलमा अनुगमन गरेको छ । टोलीले औषधि पसललाई म्याद गुज्रेका औषधि नबेच्न र छुट्टै भण्डारण गर्न सचेत गराएको थियो ।

पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्तासम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रूपमा बिल दिन, प्रतिबन्धित औषधि डाक्टरको सिफारिसमा मात्रै बिक्री गर्न र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिएको अनुगमन टोलीका सदस्य सुशीला श्रेष्ठले बताइन् ।

अनुगमनका क्रममा केही औषधि पसलमा म्याद नाघेका औषधि भेटिएको, व्यवसाय दर्ता प्रमाणपत्र ग्राहकले देखिने गरी नराखेको, पर्याप्त स्थानको अभाव, घर भाडा सम्झौताविना सञ्चालन रहेको, औषधि किन्दा बिल नदिने गरेको जस्ता कमजोरी देखिएको अनुगमनका सदस्य शम्भु चापागाईंले बताए ।

जिल्लाका केही स्थानमा दर्ता नगरी औषधि पसल सञ्चालन भएको भन्ने सुनिएकाले जिल्लाका सबै भेगमा अनुगमनलाई निरन्तरता दिने लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।