१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ३ शुक्रबार ०७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितवन मेडिकल कलेजको  पढाइ १७ दिनदेखि ठप्प

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ०७:२३:००

सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले भने चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता एवं चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द ठकुरीले कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा समेत बस्न नचाहेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ । 

एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए । 

कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए ।