मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार २०:५५:००
Read Time : < 1 मिनेट
समाचार

भूटानी शरणार्थी फिर्ता गर्न निर्णायक वार्ता होस् : भूटानी नेता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार २०:५५:००

भूटानका 'नेशनल डेमोक्रेटिक' पार्टीका अध्यक्ष डा. डिएनएस ढकालले भूटानी शरणार्थी स्वदेश फिर्तीबारे नेपालले भूटानसँग अन्तिम र निर्णायक वार्ता गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई एवं भारत र भूटानका लागि पूर्व नेपाली राजदूतहरुसँग भेटपछि ढकालले यस्तो बताएका हुन् ।

‘अढाई दशकदेखिको यो समस्या अब समाधान गर्नुपर्छ । लामो समयसम्म जनतालाई शरणार्थी शिविरमा राख्नु हुँदैन’ ढकालले नयाँ पत्रिकासँग भने, ‘शरणार्थी सम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्चायोगले सहयोग झिकिसकेपछि शरणार्थी जीवन व्यतित गरेकाहरुको स्थिति दयनीय छ । यो स्थितिको शीघ्र अन्त्य होस् भनेको छु ।’ सन् १९९० को दशकमा भूटानबाट खेदिएर नेपाल आएकामध्ये ९५ प्रतिशत शरणार्थी तेस्रो मुलुक पुनर्वास अन्तर्गत अमेरिका, अस्ट्रेलियालगायतका देशमा पुनर्स्थापित भएका छन् । हाल पूर्वी नेपालमा करिब ६ हजार पाँच सय शरणार्थी बाँकी छन् । उनीहरुमध्ये बाहिर जानेलाई विकल्प दिनु पर्ने र स्वदेश जान चाहनेलाई फिर्ता गर्नुपर्ने ढकालले बताए ।

‘भूटानसँग नेपालले वार्ता गर्नुपर्छ र स्थिति स्पष्ट पार्नुपर्छ’ ढकालले भने ,‘शरणार्थी स्वदेश फिर्ता हुनुपर्छ भन्ने बारेमा नेपालका सबै दलहरुमा साझा शोच रहेको मैले पाएँ । अब अड्किएर बस्नु हुँदैन ।’ विगतमा शरणार्थी फिर्ताबारे नेपाल र भारतबीच एक दर्जनभन्दा बढी चरणमा वार्ता भए पनि निस्कर्ष निस्केको थिएन । 

नेता ढकालले शरणार्थी समस्या समाधान गरेर नेपाल र भूटानबीच कूटनीतिक सम्बन्ध थप सुदृढ गर्नु पर्नेमा जोड दिए । उनको भनाइ थियो, ‘भूटान र नेपालबीच ऐतिहासिक र सांस्कृतिक सम्बन्ध छ । यसलाई थप सुदृढ गर्नुपर्छ । यसका लागि शरणार्थी समस्यामा अड्किएर बस्नु हुँदैन ।'