मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २ बिहीबार २०:३१:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी बन्यो अटेरी, मान्दैन सर्वोच्च अदालतकै आदेश !

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार २०:३१:००

सर्वोच्च अदालतले छाड्न आदेश दिएका विप्लव नेतृत्वको नेकपाका तीन नेतालाई बिना पक्राउ पुर्जी प्रहरी गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा जंगबहादुर गुरुङ, काजी गुरुङ र विद्यार्थी नेता मिलन राई रहेका छन् । उनीहरूलाई सर्वाेच्च अदालतको आदेश विपरीत पुन: अदालतकै गेटबाट पक्राऊ गरेको हो । 

सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनीहरूलाई छाड्न आदेश दिएको थियाे । गत २५ जेठदेखि उनीहरूलाई प्रहरीले विभिन्न जिल्ला घुमाउँदै म्याद थप गर्दै आएको थियो । तीनै जनालाई कास्की, तनहुँ, लमजुङ, गोरखा हुँदै पुन: लमजुङमै पुर्‍याएर गत १७ भदौमा पहिलो पटक र २६ भदौमा दोस्रो पटक म्याद थप गरिएको थियो ।

यसअघि सर्वोच्चले बारम्बार कसैलाई पनि राजनीति आस्थाका आधारमा पक्राउ गर्नु गैरकानुनी कार्य भएको भन्दै सरकारलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।