१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेद्वारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार १९:३२:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवाैँ महाधिवेशन आगामी १५ देखि १७ अक्टोबरसम्म काठमाडाैंमा हुने भएकाे छ । महाधिवेशनमा अर्जुन कुमार श्रेष्ठले आइसिसी उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएनएको स्थापना कालदेखि सक्रिय रहेका श्रेष्ठ कुशल तथा इमानदार अभियान्ताका रुपमा परिचित छन् । दुई कार्यकाल आइसिसी सदस्यसहित युरोप संयोजक हुँदै सचिव पदमा बसेर काम गरिसकेका श्रेष्ठ यस महाधिवेशनमा उपाध्यक्षको बलियो दाबेदार मानिएका छन् । 

एनआरएन आफैमा स्वतन्त्र संस्था भएकाले राजनीति रूपमा जाेडिन नहुने श्रेष्ठले बताएका छन् । उनले भने, 'एनआरएन संस्था राजनैतिक रुपमा जोडिनु हुँदैन । संस्थाकाे मूल मर्ममा रही लक्ष्य प्राप्त गर्नु नै एक मात्र उदेश्य हो । देशकाे विकास र उन्नत्ति गर्न सके एनआरएनए सपना पूरा हुन्छ ।'  

सबैलाई साथ र समर्थन गर्न अपिल गर्दै आफूले एनआरएनएको अभियानलाई अघि बढाउन उम्मेद्वारी दिन लागेको उनले बताए । वैदेशिक रोजगारीलाई मर्यादित तथा व्यवस्थित बनाउने, विकसित देशमा पुगेका नेपालीको समस्यालाई पहिचान गर्ने र समाधान गर्न सरकारसँग सहकार्य गर्न लाग्ने उनको भनाइ थियाे ।