Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटार बिक्री भइसक्यो, सिंहदरबार कहिले ? : राजेन्द्र महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २ बिहीबार १७:३९:००

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको बिहीबारको तेस्रो बैठकमा बोल्दै महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ वर्षसम्म केही नगरेकोमा गम्भीर असहमति जनाए । संशोधन नभए यसअघिको जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए । सरकारले उर्दी जारी गर्दैमा दिपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने दाबी गरे । संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको उनले जिकिर गरे ।

निर्मला हत्या प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । ‘बालुवाटार बिक्री भइसक्यो,’ उनले भने, ‘सिंहदरबार कहिले बिक्री हुने हो रु त्यो पनि बताइदिनुपर्यो ।’

नागरिकताका सम्बन्धमा न्यायाधीश पिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उनले नागरिकताको सवालमा अदालतको फैसला लोडसेडिङका बेला बत्ति आउने जाने गरेजस्तो भएको बताए । सरकारमै सहभागी पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न उनले आग्रह गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासको अपमान गरेको भन्दै उनले संसद अधिवेशन ‘कालो अध्याय’ बनेको टिप्पणी गरे । सभामुखलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाइदियो ।’