१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २ बिहीबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

बाह्य प्रभाव पर्न नदिन संघीय संसद भवन आफ्नै लगानीमा निर्माण : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २ बिहीबार १५:०२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन् । 

संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको आलोचना भइरहेका बेला ओलीले नीति निर्माण गर्ने देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको भवन आफ्नै लगानीमा निर्माण गर्न लागिएको प्रष्टयाएका हुन् ।
‘संसद भवन बनाउन सहयोग पाउन सक्थ्यौं,’ उनले भने, ‘हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौं ।

देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था स्वतन्त्र र प्रभावमुक्त राख्नुपर्ने भएकाले आफ्नै लगानीमा निर्माण सुरु गरियो ।’ बालुवाटारमा बिहीबार नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिए । 

उनले प्रधानमन्त्री लागि बन्न लागेको नयाँ निवास आफ्नो लागि नभएको बताए । ‘यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ,’ उनले भने, ‘म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’  उनले अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन भने नहुने बताए ।