Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २ बिहीबार ०७:२८:००
Read Time : < 1 मिनेट
अर्थ

साइबर सुरक्षा मुख्य चुनौती : गभर्नर नेपाल 

Read Time : < 1 मिनेट
२०७६ असोज २ बिहीबार ०७:२८:००

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय क्षेत्रको सबैभन्दा ठूलो चुनौती साइबर सुरक्षा भएको बताएका छन् । विश्वव्यापी रूपमै साइबर हमला बढिरहेको भन्दै उनले वित्तीय क्षेत्रका लागि यो धेरै चुनौतीपूर्ण भएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको  छलफलमा नेपालले साइबर अपराध नेपालमा मात्र नभएर ठूला मुलुकमा समेत भइरहेको बताए । ‘नेपालमा एटिएम ह्याक भएपछि विभिन्न देशमा पनि भयो, जर्मनीमा पनि भयो, यस कुरामा धेरै सचेत हुनुपर्छ,’ उनले भने, ‘यसका लागि बैंक तथा वित्तीय संस्थाले पुरानो सफ्टवेयरलाई अपडेट गराउने, नयाँ सफ्टवेयर प्रयोग गर्ने, आइटी अडिट गराउनेलगायत कामहरू गर्नुपर्छ ।’ साइबर सेक्युरिटीका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशनसमेत दिइसकेको उनले बताए । 

अहिले बैंक तथा वित्तीय क्षेत्रको सबैभन्दा धेरै खर्च आइटीमै भइरहेको बताउँदै लागत घटाउन मर्जरको नीति लिएको प्रस्ट्याए । आइटीको लागत घटाउनै अमेरिकालगायत मुलुकले पनि बैंक तथा वित्तीय संस्था मर्जरको लहर नै चलाएको उनले सुनाए । ‘हरेक बैंकले सफ्टवेयर किन्दा धेरै महँगो पर्न गई बैंकको नाफा पनि घट्न गयो,’ उनले भने, ‘नाफा बढाउन र बैंकलाई सुरक्षित बनाउन मर्ज गराउन खोजिएको हो । मर्ज हुँदा त कस्ट पूरै कम हुन्छ ।’ बैंकहरू मर्ज गराउँदा सञ्चालन खर्च कम हुने, सफ्टवेयर र आइटी क्षेत्रको खर्च घटेर नाफामा वृद्धि हुने र साइबर सुरक्षा पनि बढी हुने उनले बताए ।