मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् आँसु झार्नुका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार १०:४२:००
  •  आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रद आदि समस्या हुन सक्छ । त्यसैले पनि भक्कानो छोडेर वा सुँक्कसुँक्क गरेर रुनुलाई स्वस्थकर मानिन्छ । 
  •  आँसुले दुःख, चिन्ता, शारीरिक तथा मानसिक तनावसँग जुध्न सहयोग पु-याउँछ ।
  •  रुँदा उच्च रक्तचाप, फिस्टुलाजस्ता रोगबाट पनि टाढा रहन सहयोग मिल्छ । 
  •  आँखाबाट आँसु झर्दा आँखाको नानी र परेलाको रसिलोपना पनि बढेर जान्छ । रुँदा आँखाको सौन्दर्यसमेत बढेर जाने वैज्ञानिकहरूले बताएका छन् । 
  •  आँखाबाट आँसु निस्किने वेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलीय पदार्थ निस्किने गर्छ । जसको सहायताले कोर्निया नरम र गहिरो हुन जान्छ । र, आँखा सुन्दर देखिन्छ । 
  •  रुने मानिसलाई तनावबाट उत्पन्न हुने मनोदैहिक रोगको सम्भावनासमेत हुँदैन । रुने समयमा आँखाबाट झरेको आँसुले आँखाका विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ र आँखालाई रसिलो पार्छ । त्यस्तै, आँसुले विभिन्न संक्रमणबाट पनि बचाउँछ । 
  •  जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताले ‘आँसुबाट हुने फाइदा’का विषयमा अध्ययन गरेका थिए । उक्त अध्ययनले अधिक रुँदा अत्यधिक मानिसले हल्का र ताजापन महसुस गर्ने पत्ता लगाएको थियो । शोधअनुसार ८८ दशमलव ८ प्रतिशत मानिसले रोएपछि हल्का महसुस गरेको बताएका थिए ।
  •  आँसुमा कीटाणुबाट आँखालाई रक्षा गर्ने एन्टिबायोटिक हुन्छ । आँसुमा लिसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले ५ र १० मिनेटमा नै ९० देखि ९५ प्रतिशत ब्याक्टेरियालाई सफा गर्छ ।
  •  मनोवैज्ञानिकहरूका अनुसार विपत्ति, दुःख र अत्यधिक तनावको अवस्थामा आँखाबाट आँसु नआएमा वा नरोएमा उसमा मानसिक एवं शारीरिक समस्या भएको सम्झनुपर्छ ।