मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका रुकुम (पश्चिम)
२०७६ असोज १ बुधबार १०:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्राकृतिक विपत्तिमा परी रुकुम पश्चिममा १२ काे ज्यान गयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रुकुम (पश्चिम)
२०७६ असोज १ बुधबार १०:२५:००

दुई महिनाको अवधिमा प्राकृतिक विपत्तिमा परी रुकुम पश्चिममा १२ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङमा परी दुई महिनामा १२ जनाले ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । सबैभन्दा बढी बाढी–पहिरोमा परेर नौजनाले ज्यान गुमाएका छन् । 

विपद्मा परी ज्यान गुमाएकामध्ये केही पीडित परिवारलाई स्थानीय प्रशासनले राहत वितरण गरिसकेको छ । विपद्मा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने प्रावधान छ । राहत प्रदान गर्न बाँकी परिवारलाई केही दिनमै राहत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी पुनले जानकारी दिए । 

‘केही पीडित परिवारबाट निवेदन प्राप्त हुन बाँकी छ,’ पुनले भने, ‘निवेदन प्राप्त हुनासाथ पीडित परिवारलाई राहत वितरण गर्नेछौँ ।’ विकट भौगोलिक अवस्थिति, जथाभावी निर्माण गरिएका सडकलगायतका कारणले जिल्लामा बाढी र पहिरोको जोखिम बढेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।